कर्णाली  प्रदेश सरकारका नाममा अन्तरिम आदेश

कर्णाली प्रदेश सरकारले  गत २०७६ भदौ ६ गते तथा २०७८ साउन २९ गते नयाँ ओ एण्ड एम लागू गरेको थियो । उक्त संरचनाअनुसार आफूहरुको वृत्ति विकासमा असर पुगेको भन्दै इन्जिनीयरिङ समूहका कर्मचारीले उक्त निर्णय खारेजीको माग गर्दै अदालतमा रिट दायर गरेका हुन

उच्च अदालत सुर्खेतले इन्जिनियरिङ सेवा समूहका संरचनालाई यथास्थितिमा राख्न कर्णाली  प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय पुनम सिंह चन्द र चन्द्रबहादुर सारुको संयुक्त इजलासले प्रदेश सरकारले लागू गरेको सङ्गठन संरचना तथा व्यवस्थापन (ओ एण्ड एम) कार्यान्वयन नगर्न आदेश दिएको छ । कर्णाली प्रदेश सरकारले  गत २०७६ भदौ ६ गते तथा २०७८ साउन २९ गते नयाँ ओ एण्ड एम लागू गरेको थियो । उक्त संरचनाअनुसार आफूहरुको वृत्ति विकासमा असर पुगेको भन्दै इन्जिनीयरिङ समूहका कर्मचारीले उक्त निर्णय खारेजीको माग गर्दै अदालतमा रिट दायर गरेका हुन ।

रिट निवेदक उत्तम चौलागाईंलगायतका पक्षमा वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर र अधिवक्ता धुर्व  कमार श्रेष्ठ तथा विपक्षी प्रदेश सरकारका तर्फबाट मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले बहस गरेका थिए । आदेशमा निजामती ऐन, २०४९ को दफा ३, ५६ र ५८, कर्मचारी समायोजन ऐन, २०७५ को दफा १५ को कानूनी व्यवस्था एवं सुविधा र सन्तुलनको सिद्धान्तलाई दृष्टिगत गरी रिट निवेदक कर्मचारीको विज्ञता र दक्षताअनुसार हाल काम गरिरहेको सेवा समूहमा खटाउन भनेकाे  छ । अदालतको उक्त आदेशसँगै अब सङ्घीय सरकारकै सङ्गठन र व्यवस्थापन संरचना लागू हुनेछ ।