मैत्री पुर्ण फुटवल : भेरी नगरपालिकाको रवाफिलो जित

जाजरकोट । भेरी नगरपालिका खेलाडी द्धय बरुण बस्नेत र मनिक बटालाले शुन्यका विरुद्ध ४ गोलले रवाफिलो खेल जितेका छन् ।
गत शनिबार त्रिभुवन माध्यामिक विद्यालयको खेल मैदानमा जिल्ला अदालत तथा हुलाक कार्यालय टिमलाई नगरपालिकाले फुटबल शुन्यका विरुद्ध ४ ले हराएको मैत्री पुर्ण  खेलका एक खेलाडी मेघ राज खत्रीले जानकारी दिएका छन् ।

आउँदै गरेको बडा दशै तथा शुभ दिपावलीको पावन अवसरमा खेलिएको मैत्री पुर्ण फुटवलमा खसि बाजी राखिएको थियो । प्रतियोगितामा भेरी नगरपालिकाले रवाफिलो जित पछि खसी हात पारेको छ ।

१२ औ मिनेटमा पेनाल्टी चान्स पाएका नगरपालिका खेलाडी बरुणले पहिलो सानदार गोल गरेका थिए । खेलको ३५ औ मिनेटमा पनि बरुणले नै एक गरेका थिए । भने ४५ मिनेटको हाप टाइम पछी ५९ र ७१ औ मिनेटमा मनिकले दुई गोल सहित नगरपालिकाले रवाफिलो चार गोल गरी जित हासिल गरेको थियो । कर्मचारी बिच रमाईलो गरौ भनेर मैत्रीपुणर् फुटबल आयोजना गरिएको भेरी नगरपालिकाले जनाएको छ ।