सुर्खेतमा मिटर ब्याजीविरुद्ध ११ उजुरी

                           सुर्खेतमा हालसम्म मिटर ब्याजीविरुद्व एघार वटा उजुरी परेका छन् ।
गृह मन्त्रालयको परिपत्र अनुरुप गत भदौ ५ गते  सम्म ११ वटा उजुरी परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एंव सहायक प्रमुख जिल्ला अधिकारी पदम लाल लामिछानेले बताएका छन् ।

सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै ११ उजुरी ३५ जना विरुद्ध  दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

मिटरब्याजीको गिरोहले सम्पत्ति हड्पेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै गत साउन २८ गते उजुरी आह्वान गरिएको थियो ।

वीरेन्द्रनगर नगरपालिका बाट  मात्रै ११ वटा उजुरी परेका छन् । उजुरी मध्ये सबैभन्दा बढी  ६० लाख लिएर त्यसकाे ३ गुणा तिर्नु पर्ने रहेकाे सूचना अधिकारी लामिछानेले बताए ।

  गृह मन्त्रालय कार्यदलकाे आदेश बमाेजिम ११ उजुरीका ३५ जना विरुद्ब प्रमाण सहित  हामीले छानबिन अघि बढाउने उहाँले बताउनुभयाे ।