यस वर्षको नोबेल शान्ति पुरस्कारद्वारा दुई पत्रकार सम्मानित

एजेन्सी । सन् २०२१ को नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारलाई प्रदान गरिएको छ । पत्रकारद्वय मरिया रेज्जा र दिमित्री मुरातोभलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको हो।

पत्रकारद्वयलाई उनीहरूले प्रजातन्त्र र दिगो शान्तिको पूर्वसर्त अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको प्रयासलाई कदर गर्दै शान्तिपुरस्कारद्वारा सम्मानित गरिएको हो ।

रेज्जाले फिलिपिन्स र मुरातोभले रुसमा अभिव्यक्ति स्वतन्त्रताको लडाइँमा देखाएको साहसका लागि शान्ति पुरस्कार प्रदान गरिएको हो । एजेन्सी