नेपालमा : ३ मिनेटमा दुईवटा भूकम्पकाे धक्का

काठमाडौं।     सिन्धुपाल्चोक  जिल्लाको हगाम केन्द्रविन्दु भएर आज तीन मिनेटको अन्तरमा दुईवटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आज दिउँसो ३:२० बजे ४.१ र ३:२३ बजे ४.०१ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि आजै दिउँसो सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर दुईवटा परकम्प गएका थिए। दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.६ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यो नयाँ भूकम्प नभइ गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिएका छन् । यसअघि आइतबार बिहान गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको परकम्प गएको थियो।