साहरुखका बडिगार्डको पारिश्रमिक साढे २ करोड

बलिउड कलाकारहरुको फ्यान क्रेज गज्जबको छ । भारत होस् या भारत बाहिर, उनीहरु हरदम बडिगार्डको सुरक्षा घेरामा रहन्छन् । मिडियाले हरेक समय घेर्नेदेखि फ्यानको क्रेजी क्रियाकलापले कहिलेकाही बलिउड स्टारहरुलाई हैरान बनाउँछ । यसैले, उनीहरु बडिगार्डको सुरक्षा घेराभित्र आफूलाई सुरक्षित महशुश गर्छन् ।

तर, यसका लागि उनीहरुले आफ्ना बडिगार्डलाई महंगो रकम तिर्ने गरेका छन् । बलिउडमा बडिगार्डका लागि सबैभन्दा महंगो रकम तिर्ने स्टारमा पर्छन्, साहरुख खान । साहरुखको साथमा हरेक समय देखिन्छन्, रवि । रवि साहरुखको परिवारसँग पनि निक्कै नजिक छन् । उनै, रविलाई साहरुख एक बर्षको साढे २ करोड पारिश्रमिक दिन्छन् ।

बलिउड नायक सलमान खानका बडिगार्ड गुरमित सिंह उनीसँग हरेक समय देखिन्छन् । ‘शेरा’ उपनामले परिचित गुरमितका लागि सलमान बार्षिक २ करोड पारिश्रमिक दिन्छन् । शेरा सलमानको परिवारसँग पनि निक्कै नजिक छन् ।

बलिउड नायिका कट्रिना कैफको फ्यान क्रेज पनि लोभलाग्दो छ । यसैले, उनी पनि भिडबाट बच्नका लागि बडिगार्डको सुरक्षा घेराभित्र देखिन्छिन् । कट्रिनाका बडिगार्ड दिपक सिंहले बार्षिक १ करोड पारिश्रमिक वुझ्ने गरेका छन् ।

यस्तै, बलिउडका नायक अमिताभ बच्चनका बडिगार्ड जितेन्द्र सिडेले बार्षिक १ करोड २० लाख पारिश्रमिक वुझ्ने गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । नायिका दीपिका पादुकोणले आफ्ना बडिगार्ड जलालका लागि बार्षिक ८० लाख रुपैयाँ पारिश्रमिक दिने गरेकी छिन् । नायक अक्षय कुमार पनि सुरक्षा घेरा भित्र हिड्ने गर्दछन् । उनले, आफ्ना बडिगार्ड श्रीयस थेलेका लागि बार्षिक १ करोड २० लाख पारिश्रमिक तिर्ने गर्दछन् ।

नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीका वडिगार्ड प्रकाश सिंहले पनि बार्षिक १ करोड २० लाख पारिश्रमिक वुझ्ने गरेका छन् । यस्तै, नायिका श्रद्धा कपुरका वडिगार्ड अतुलले बार्षिक ९५ लाख चार्ज गर्ने गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

नायक ऋतिक रोशनले आफ्ना बडिगार्ड मयुर सेट्टीगरका लागि बार्षिक १ करोड २० लाख पारिश्रमिक दिने गरेका छन् ।