लागु औषध (ब्राउनसुगर) सहित वीरेन्द्रनगरमा दुई जना प्रकाउ

                                                                            तस्बिर : साङ्केतिक

सुर्खेत वीरेन्द्रनगरमा  लागु औषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

वीरेन्द्रनगर–३ स्थित साेही पालिका –७ घर भएका २२ वर्षीय बखत बहादुर विक र   दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका -९  बस्ने २६ वर्षिय लाेकेन्द्र बहादुर थापालाई  प्रहरीले नियन्त्रणमा लिइएको हुन् ।
उनीहरुले आफ्नो कोठाबाटै लागु औषध कारोबार गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा लागू औषध  नियन्त्रण  शाखा कार्यालय सुर्खेतबाट  खटिएको प्रहरी टोलीले खोजतलासी गर्दा ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी  बिरेन्द्र वीर विश्व कर्माले जनाएका छन्  ।

डिएसपी विश्वकर्माका अनुसार १.९९० ( एक ग्राम नाै सय नब्बे मिलिग्राम ) ताैल भएकाे  लागु औषध ब्राउनसुगर बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन्  ।