सातै प्रदेशमा कांग्रेसले गर्‍यो महाधिवेशन कमिटी गठन

काठमाडौं ।  आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कमिटी बैठकमा सात वटै प्रदेशमा महाधिवेशन व्यवस्थित गर्न संयोजक तोकेको छ।

आगामी १४औँ महाधिवेशन व्यवस्थापनका लागि  प्रदेश १ को संयोजकमा कृष्ण सिटौला, २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा मुख्यमन्त्री जीवन बहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र बडूलाई संयोजक तोकिएको स्रोतले जनाएको छ । बैठकले प्रदेश अधिवेशन गर्ने स्थान पनि तोकेको छ ।

बैठकको निर्णयानुसार प्रदेश १ को अधिवेशन विराटनगरमा हुने भएको छ ।त्यसैगरी, प्रदेश २ को जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । पार्टीको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ ।