लागूऔषध (ब्राउनसुगर) सहित १ जना पक्राउ

प्रहरीले अवैध लागूऔषधसहित सुर्खेतबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३  गण्डकी लाईन बस्ने बर्ष १९ का श्याम बैगारलाई शुद्ध २२० मिलिग्राम ला.औ. ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित शनिबार दिउँसाे पक्राउ गरेको सुर्खेत प्रहरीले जनाएकाे  छ ।

विशेष सूचनाको आधारमा तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र ला.औ. नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनको कोठामा खानतलासी गर्दा उनको साथबाट उक्त लागूऔषध, सहित फेला पारी पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले बताए ।

प्रहरीले अभियुक्त उपर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।