सुर्खेत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव सुर्खेतमा सामान्य परेको छ ।पेट्रोलियम पदार्थ सहितका दैनिक उपभोग्य वस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न भन्दै विप्लव नेतृत्वले बन्दको आह्वान गरेको हाे । सुर्खेतमा मंगलबार बिहानैदेखि सार्वजनिक सवारीहरू कम चलेका छन् । निजी मोटरसाइकल फाट्टफुट्ट गुडेका छन् ।
अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु भने गुडिरहेको त्यति देखिदैन्न । सुर्खेत बजारका सवेरै खुल्ने पसलहरु खुलेका छैनन् । विप्लवका कार्यकर्ता बजारका वरपर कहिकतै देखिएका छैन्न । यात्रुबाहक र मालबाहक सवारी साधनहरु प्रहरीले स्कटिङ्ग गरेकाे छ ।
कुनै अप्रिय घटना नहोस् भन्नका निम्ति सुर्खेतमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यविधि संवाददाता । ३० कार्तिक २०७८, मंगलवार १०:३० बजे