कार्तिक आर्यन भन्छन्– सफलता अस्थायी हो

यति बेला बलिउड अभिनेता कार्तिक आर्यनको पछिल्लो चलचित्र ‘धमाका’को खुबै चर्चा भइरहेको छ । प्रशंसा भइरहेको छ । साथै, कार्तिकको अभिनयको पनि उत्तिकै तारिफ भइरहेको छ ।

नोभेम्बर २२ मा आफ्नो ३१औँ जन्मोत्सव मनाएका कार्तिकको सपना भने बलिउडको नम्बर एक अभिनेता बन्ने छ । ‘धमाका’ले कार्तिकको चर्चा बढ्नुको कारण उनको नयाँ भूमिका हो । रोमान्टिक–कमेडी जनराका चलचित्रमा अभिनय गरिरहेका उनी थ्रिलर ‘धमाका’मार्फत फरक स्वरूप र पर्सनालिटीमा दर्शकमाझ प्रस्तुत भएका छन् ।

कार्तिक यो चलचित्रमार्फत रेगुलर ‘क्युट लवरबोय’को इमेजभन्दा फरक ‘ग्रे’ पात्रमा देखिँदै छन् । आफ्नो फरक भूमिका, ‘दोस्ताना–२’बाट बाहिरिनुलगायत समग्र करियरको यात्राका बारेमा कात्र्तिकको योजना :

दर्शक र इन्डष्ट्रिकाले मेरो पर्फोमेन्स मन पराइदिनुभयो
विगत लामो समयदेखि मलाई केही फरक गर्न मन लागिरहेको थियो । म खुसी छु कि ‘धमाका’मा मेरो पर्फोमेन्स दर्शकले रुचाइदिनुभयो । सामाजिक सञ्जालको एउटा कमेन्टले मेरो ध्यान खिच्यो, जसमा लेखिएको थियो–कार्तिक आर्यनभित्रको कलाकार आजसम्म कहाँ थियो ? फिल्म इन्डष्ट्रिभित्रकाहरूले पनि मेरो प्रस्तुति मन पराउँदा मलाई अझै खुसी लागेको छ । हिजोसम्म मलाई कमर्सियल स्टारको रूपमा चिनिन्थ्यो । तर, अब खुसी छु कि दर्शकहरूले मलाई कसर्सियल–अभिनेता भन्न सक्छन् ।

निडर र रिस्क टेकर भइसकेँ
लकडाउनले मलाई निडर, रिस्क टेकर बनाइदिएको छ । लकडाउनको समयमा मैले आफ्नो बारेमा, जिन्दगीको यात्राको बारेमा धेरै सोचेँ र विचार गरेँ । र, यो भूमिकामा आउनु एउटा नियोजित निर्णय थियो । म जस्तो चलचित्र गर्न चाहन्थेँ, त्यो मेरो रोजाइमा अब देखिन थाल्यो । यो होइन कि म पहिला यस्तो चलचित्र हेर्न चाहन्नँ थिएँ, तर त्यो बेला मसँग विकल्प कम हुन्थे । एक कलाकारका रूपमा म त्यस्तो काम गर्न चाहन्छु कि आज मैले केही फरक गरेँ र मलाई मज्जा आयो भन्ने होस् । म अहिले हरेक समय कामकै बारेमा सोच्छु । क्याप्टेन इन्डिया होस् वा शहजादा, म केवल दर्शकलाई मनोरञ्जन दिन चाहन्छु । चाहे त्यो थ्रिलरको रूपमा होस् वा ड्रामा ।

नम्बर १ स्टार बन्ने सपना
म फिल्म इन्डष्ट्रिको नम्बर एक स्टार बन्न चाहन्छु । यो चलचित्र (धमाका)मार्फत मैले यो मौका पाएको छु । फिल्म इन्डष्ट्रिकाहरूले मलाई एक्टरको रूपमा नोटिस गरेकोमा म खुसी छु । निश्चित रूपमा ‘धमाका’मार्फत मैले ती फिल्ममेकर्सको साथमा काम गर्ने मौका पाउनेछु, जोसँग म काम गर्ने इच्छा राख्थेँ । म आफ्नो प्रतिभा देखाउन चाहन्छु ।

सफलता अस्थायी हो
म सधैँ दर्शकको मायातिर जान्छु । मेरा लागि दर्शकको माया धेरै महत्त्वपूर्ण छ । कहिलेकाहीँ बाहिर आउने कुराहरू धेरै बढाइचढाइ आउने गर्छन् । तर, म कहिले पनि आफ्नो कामभन्दा बाहेक अरू कुरामा ध्यान दिन्नँ र आशा गर्दछु कि दर्शकले पनि मेरो कामलाई मात्रै ध्यान दिनुहुनेछ । जीवनमा उतारचढाव पक्कै आउँछन् । कहिले उठ्नुहुन्छ त कहिले लड्नुहुन्छ । आज तपाईंका चलचित्र चलिरहेका छन्, तपाईंको सफलताको समय चलिरहेको छ, तर त्यो अस्थायी हो । किनभने, तपाईंले फेरि त्यही दोहोर्याउनुपर्छ । त्यसैले हामीले आफ्नो हरेक काम सक्सेसफुल होस् भनेर आशा मात्रै गर्न सक्छौँ ।

(नवभारत टाइम्सबाट)