सुर्खेत : एकै घरमा ४ जनाकाे मृत्यु, शव परीक्षण हुन सकेन

वीरेन्द्रनगरमा एकै पारिवारका चारजनाको  मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदीमा एकै परिवारका चार जनाको निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ।
मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३२  वर्षीय कल्पना बिसी , उनका ८ वर्षीय छोरा नीरज र ९ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको ५ वर्षीय छोरा सम्राट बुढा घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

स्थानिय बुदबुदीका अनुसार  घरमा कोइला बाली झ्याल ढोका लगाएर बस्दा उनीहरूको  निसासिएर मृत्यु भएको हुन सक्ने  बताएका छन् । बृद्धाआश्रममा रहेका कल्पाकै  ७७ वर्षीय  ससुरा बीरबहादुर बिसी घरमा पुग्दा भित्रबाट चुकुल लगाएर खाटमा सुतिरहेको अबस्था देखेपछी  स्थानिय र प्रहरीलाई खबर गरेका थिए । स्थानिय जनप्रतिनिधी राेहबरमा चुक्कुल खाेल्दा ,उनीहरु मृत भेटिएका थिए।  मृतक कल्पनाका श्रीमान् कृष्ण बिसी र माइती पक्ष जाजरकोटबाट आउँदै गरेकाले चारै जनाको शव परीक्षण हुन सकेको छैन।