प्रहरीले एकैदिन २० फरार प्रतिवादी पक्राउ

प्रहरीले एकैदिन विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

विहीबार बिहान जिल्ला प्रहरी कार्यालय तथा मातहतको कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका २० जना प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे  छ ।

अधिकांश फरार प्रतिवादीहरु कुटपिट मुद्दाका रहेको छन्  ।

आवश्यक कारबाहीका लागि पक्राउ परेकालाई धनुषा जिल्ला अदालतमा उपस्थिति गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश गौतमले जानकारी दिएका छन्  ।