८४ जना फरार अभियुक्त पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालयले ६ महिनाकाे समय अवधिमा ८४ जना फरार अभियुक्त पक्राउ गरेकाे छ ।

अदालत मुद्दाकाे फैसला अनुसार प्रहरीले फरार अभियुक्तलाई पक्राउ गरेकाे हाे ।

गत साउन १ गतेदेखि पुस मसान्तसम्म प्रदेश प्रहरीले विशेष अभियान नै चलाएर फरार अभियक्तलाई पक्राउ गरेकाे हाे ।

कार्यालयका प्रवक्ता एंव सूचना अधिकारी बीर बहादुर ओलीका अनुसार ६ महिनाकाे समयमा सुर्खेतमा २३ , दैलेखमा १३, जाजरकाेटमा ५, रुकुममा १६,सल्यानमा ११ ,हुम्लामा १, मुगुमा ५, कालिकाेटमा २ र जुम्लामा ८ सहित ८४ जना फरार अभियक्त पक्राउ परेकाे बताए ।

प्रवक्ताले पक्राउ परेकाबाट ४३ लाख ८७ हजार २ सय ५३ रुपैयाँ जरिवाना असुर गरेकाे बताए ।