सुर्खेत वीरेन्द्रनगरकाे फरक–फरक स्थानबाट लागूऔषधसहित पाँच जना प्रहरीले पक्राउ गरेकाे छ । सुर्खेत जिल्ला प्रहरीले बुधबार वीरेन्द्रनगर नगरपालिका- ११ र ९ बाट उनीहरूलाई पक्राउ गरेको हाे ।
विशेष सूचनाको आधारमा प्रहरीले पिपिरा चोकमा रहेको एक फेन्सी पसल र शान्तिटोल बाट लागूऔषध कारोबार भइरहेको छ भन्ने आधारमा उनीहरूलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ११ का पसल सञ्चालक ४६ वर्षीय लिलाराम पुरी, २४ वर्षीय महेश सुनार र २२ वर्षीय गौरब सुनार र साेही नगरपालिका ९ शान्तिटोलबाट २५ वर्षीय अजयसिंह चौधरी र २५ वर्षकै राजु गाईनलाई प्रहरीले पक्राउ गरेकाे छ ।
प्रहरीले पसलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ प्लास्टिक सहित ३०० मिलिग्राम, शुद्ध २०० मिलिग्राम र शान्ति टाेलबाट ३७० मिलिग्राम र प्लाष्टिक बाहेक शुद्ध १६० मिलिग्राम फेला पारेको प्रहरीले जनाएको छ ।
पाँचै जनालाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।
कार्यविधि संवाददाता । २६ माघ २०७८, बुधबार २२:३३ बजे