रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन

                                                                                 फाेटाे तस्बीर

 

अविरल वर्षाका कारण सात दिनदेखि अवरुद्ध मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान पुनः सञ्चालन आएकाे  छ ।

मौसममा केही सुधार भएपछि आज समिट र तारा एअरले उडान गरेकाे रारा नागरिक उड्यन कार्यालय ताल्चाका प्रमुख कृष्ण रिजालले  बताएका छन् ।

हवाई उडान नहुँदा यात्रुहरू मुगुमै बस्न बाध्य थिए ।

बाक्लो हुस्सु र कुहिरो लाग्दा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखि  हवाई उडान अवरुद्ध  हुँदै आएको थियो ।