सुर्खेतमा कोभिडविरुद्धको खोप करिब ५ लाखले लगाए

सुर्खेतमा कोभिड – १९ विरुद्ध खोप ४ लाख ८७ हजार ८ सय ८१ जनाले लगाएका छन् ।

सुर्खेतमा १२ वर्ष माथिको जनसंख्या ३ लाख २७ हजार १ सय १४ रहेको छ । खोप लगाएका मध्ये पहिलो मात्रा दुई लाख ६१ हजार ८९२ ,दोस्रो मात्रा दुई लाख ९ हजार ९५३ र बुस्टर मात्रा १६ हजार ३६ जनाले कोभिड – १९ विरुद्ध खोप लगाएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।

खोप लगाएका स्थानिय पालिका मध्ये सिम्ता गाउँपालिकामा २५ हजार ५ सय ६१ , चिङ्गाड गापामा १६ हजार ९ सय ७ ,बराहताल गाउँपालिका गापा २९ हजार ३१ ,चौकुने गापामा २३ हजार ८ सय ४८ ,लेकवेशी नगरपालिकामा ३५ हजार ६ सय ६० , भेरीगंगा नपामा ५४ हजार ३१ ,वीरेन्द्रनगर नपामा २ लाख २१ हजार ५ सय ७२ र पंचपुरी नपामा ३१ हजार ७ सय ४९ सहित करिब ५ लाखले कोभिड – १९ विरुद्ध खोप लगाएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका सूचना अधिकारी अमर रानाले बताएका छन् ।

आइतवार सम्म कोभिडको पहिलो , दोस्रो र बुस्टर खोप लगाउनेको संख्या पाँच लाख पुग्न थालेको छ, जनस्वास्थ्य कार्यालय सुर्खेतका नि .प्रमुख गणेश भक्त गौतमले भने , तिनै मात्रा लगाउने १२ वर्ष माथिका ४ लाख ८७ हजार ८ सय ८१ जना पुगेका छन् ।
उहाँले भन्नुभयो , सुर्खेत जिल्लामा कोरोनाविरुद्धको खोपको पूणर् मात्रा लगाउने संख्या ४८ हजार ६ सय ५ जना पुगेका छन् । सबैले खोप पाउन समय लाग्छ ।

हाल सम्म चिनको भेरोसेल ,भारतको कोभिडसिल्ड र एस्र्टोजन र अमेरिकाको जोन्सोन ,मोडना ,पिफाइजर खोप सुर्खेतमा लगाएका छन् ।