पूर्वी नवलपरासीको गैडाकोट थुम्सीमा गएराति बस र कार ठक्कर खाँदा बसमा सवार एक यात्रुकाे निधन भएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ९४५९ नम्बरको बसले पश्चिमबाट पूर्व आउँदै गरेको प्र. ३–०१–०२२ च ५८०७ नम्बरको कारलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले बताएका छन् ।
प्रनाउ गिरीका अनुशार दुर्घटनाका कारण बसमा सवार एक जना यात्रु अचानक बेहोस भएको र उनको उपचारको क्रममा सरकारी अस्पताल भरतपुर चितवनमा निधन भएको हो । ललितपुर १० कुपण्डोल निवासी ६० बर्षीय बासुदेव थापाको निधन भएको हो । थापा ललितपुर १० का वडा सदस्य हुन् ।
दुर्घटनामा अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
कार्यविधि संवाददाता । २८ फाल्गुन २०७८, शनिबार १०:११ बजे