कोरोना संक्रमित संख्या उकालाे लागेपछी चीनले आइतबार आफ्नो सबैभन्दा ठूलो सहर शेन्झेनमा लकडाउन गरेको छ।
बीबीसी समाचारका अनुशार १७ करोड जनसंख्या भएकाे दक्षिणी चीनको शेन्झेन सहरमा हिजाे कोरोना संक्रमितको संख्या दोब्बर बढेर ३४०० नजिक पुगेको छ। चीनले शून्य कोभिड नीतिलाई लिएर कडा रवैया अपनाइरहेको छ। तर, पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि अन्यौलको वातावरण सिर्जना भएको छ ।
छिमेकी सहर हङकङ ओमिक्रोनबाट नराम्ररी प्रभावित भएको र यहाँ पनि यससँग सम्बन्धित केसहरू बढ्दै गएकाले सहरका सबै बासिन्दाहरूलाई घरमै बस्न भनिएको थियो।
नगर प्रशासनले जारी गरेको सूचनामा २० मार्चसम्म लकडाउन जारी रहेको र यस अवधिमा सार्वजनिक आवतजावतमा रोक लगाउने उल्लेख गरिएको छ।
आइतबार शेन्जेङका स्वास्थ्य अधिकारी लिन होङचेङले भने,‘यदि रोकथाम र नियन्त्रण जस्ता कदमहरू समयमै कडाइका साथ लिइएन भने ठूलो मात्रामा संक्रमण फैलिन सक्छ।’
चीनका धेरै सहरहरूमा संक्रमणका घटनाहरू बढेका छन् र यसलाई ध्यानमा राख्दै सांघाईका अधिकारीहरूले विद्यालयहरू बन्द गरेका छन्। यता, पूर्वोत्तरका धेरै सहरहरूमा लकडाउन लागू गरिएको छ।
चीनका १८ प्रान्तहरू ओमिक्रोन र डेल्टा क्लस्टरबाट प्रभावित छन्। सन् २०१९ मा चीनमा पहिलो पटक संक्रमण देखिएको थियो र त्यसयता चीनले ‘जिरो कोभिड’ नीतिलाई कडाइका साथ अपनाइरहेको छ ।
कार्यविधि संवाददाता । २९ फाल्गुन २०७८, आईतवार २१:२७ बजे