२४ घण्टामा १७ जनामा संक्रमण, मृत्यु शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ९९३ पीसीआर परीक्षणमा आठ जना र दुई हजार ५५० एन्टिजेन परीक्षणमा नौ जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४०९ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या तीन हजार ५९५ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।