सशस्त्र महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा प्रशासकीय अधिृकत पक्राउ

बाँकेमा  एक अधिकृत  बलात्कार अभियोगमा पक्राउ परेका छन्। सशस्त्र महिला  प्रहरीलाई बलात्कार गरेको आरोपमा  रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल नेपालकी जवान एक महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको बाँकेका एसपी श्याम अधिकारीले बताए।

 

विवाह गर्ने भनेर ललाई फकाइ गरी  महिलासँग थापाले शारीरिक सम्पर्क गर्ने गरेको र पछि विवाह गर्न नमानेपछि ती महिला प्रहरीले बलात्कारको उजुरी हालेको बाँके प्रहरीले जानकारी दिए । बलात्कार  कसुरमा ७ दिनको म्याद लिएर थापामाथि  थप अनुसन्धान भइरहेको छ।