सुर्खेतको वीरेन्द्रनगरमा छाडा चौपाय व्यवस्थापनका लागी वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सरकारले करोडौँ खर्च गरेका छन् । तर त्यो लगानीको उचित सदुपयोग भएको पाइदैन् ।
छाडा चौपाय व्यवस्थापनका नाममा दुई तहले करोडौँ रकम खर्चेर पनि समस्या ज्यूँका त्यू रहेको छ ।कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका मुख्य ठाउँ मंगलगढी ,यरी , तिनकुने र पीपीरा चोकमा छाडा पशु चौपायाको समस्या धेरै देखिएको छ ।
आर्थिक वर्ष २०७४ र ०७५ मा ३ लाख ,२०७५ र ०७६ मा ४ लाख, २०७६ र ०७७ मा ५ लाख , २०७७र ०७८ मा ३ लाख ५० हजार , २०७८ र ०७९ मा ५ लाख गरी २० लाख ५० हजार नगरपालिकाले आफ्नो बजेट बाट खर्च गरेको र प्रदेश सरकारको सहयोगमा २०७७ /०७८ मा १९ लाख र २०७८ /७९ मा दिर्घकालिन गौशाला निमाणर्का लागी १ करोड ८० लाख खर्च गर्न थालेको नगरपालिकाले जनाएको छ ।
लाखौ लगानी गरेपनि वीरेन्द्रनगरमा छाडा चौपायको व्यवस्थापन राम्रो हुन नसकेको जनप्रतिनिधिहरु नै बताउँछन् ।
त्यस्तै, कर्णाली प्रदेश सरकारबाट छाडा पशु नियन्त्रण गरी प्राङ्गारीक मल तथा विषादी उत्पादन गर्नका लागी पूर्वाधार निमार्ण गर्न पशु स्याहार लक्ष्मी गौशाला फर्म लेकबेशि १ सुर्खेतले, ३७ लाख १३ हजार ७ सय ७० रुपैयाँ ,केपी व्यवसायिक सेवा प्रा.लि वीरेन्द्रनगर ९,सुर्खेतले २१ लाख २९ हजार २ सय ९६ रुपैयाँ र हातेमालो कृषि तथा पशु सहकारी संस्था बराहताल ,सुर्खेतले ३६ लाख ६२ हजार ८ सय २ रुपैयाँ सहित ९५ लाख ५ हजार ८ सय ६८ रुपैयाँ खर्चेर उपलब्धी शुन्य रहेको भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
छाडा चौपायाका कारण किसान पनि हैरान छन् । खेतबारीमा लगाएको बाली छाडा चौपायले सखाप पार्ने गरेका छन् ।
वीरेन्द्रनगर -१० का स्थानिय जसविर रावलले भने – ‘सरकारले गरेको लगानी राम्रो हुन सकेन , हामीले लगाएको तरकारी बचेन ,समस्या बढ्दै छ ।’
छाडा चौपायाको उचित व्यवस्थापन नहुँदा सडकमा ट्राफिक समस्या रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता डिएसपी राम प्रसाद घर्ति मगरले बताए ।
वीरेन्द्रनगरमा मात्र नभएर देशका धेरै स्थानिय तहले निमाणर् गरेका गौशाला र कान्जीहाउस समेतको हरिविजोग छन् । सरकारकाे लगानी त बालुवामा पानी हाले जस्तै छ ।
कार्यविधि संवाददाता । २३ जेष्ठ २०७९, सोमबार १६:०६ बजे