लुम्बिनीमा थपिए केसी र थापा दुई मन्त्री, अझै बाँकी एक मन्त्रालय

लुम्बिनी प्रदेश/कास

गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका डिल्लीबहादुर चौधरीले दुई मन्त्री थप गरेका छन्।

थप गरेका माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयकाे मन्त्रीमा र प्यूठानका सरोज थापालाई वन तथा वातावरण वा उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयकाे मन्त्री बनाएकाे  सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए ।

सरकार गठन भएको ८ महिनापछि मुख्यमन्त्री  चौधरीले गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डामा देखिएको विवादका कारण मन्त्रीमण्डललाई पूर्णता दिन सकेका थिएनन्।

नवनियुक्त मन्त्रीहरुको सपथ भोलि बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए।

दुई मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन। बाँकी एक मन्त्रालय मुख्यमन्त्री आफैले राख्ने बताएका छन्।