आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ ।
सम्भावित आर्थिक संकटको जोखिम रोक्न खर्च कटौती गर्ने उद्देश्यले सरकारले परीक्षणका लागि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
सरकारले परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिने तथा विहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको थियो ।
तर यो निर्णयको आलोचना भएपछि र लगातार दुई दिन विदा प्रभावकारी नदेखिएपछि सरकार उक्त निर्णयबाट पछि हटेको हो । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन सार्वजनिक विदा दिने यसअघिको निर्णय खारेज गर्ने निर्णय गरेको थियो ।
कार्यविधि संवाददाता । १ असार २०७९, बुधबार ०६:२४ बजे