अघिल्लाे आर्थिक वर्ष भन्दा गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा पुरुष हिंसाकाे उजुरी बढ्दै गएका छन ।
अघिल्ला वर्षहरुमा छिटफुटमा दुईचार वटा पुरुष हिंसा सम्बन्धी उजुरी पर्ने गरेकोमा गत आर्थिक वर्ष भने २१ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । श्रीमतीबाट पीडित भएको कुरा समाजमा गर्दा अपहेलित हुने डरले चुपचाप हिंसा सहेर बस्ने पुरुषहरूले अहिले उजुरी दिन थालेका छन।
हिंसा भनेको हिंसा नै हो, चाहे त्यो पुरुषले गरोस् या महिलाले । हिंसा सहने ‘पीडित’ नै हुन्छन्, ती महिला हुन् या पुरुष । हिंसा गर्ने ‘पीडक’ नै हो, चाहे महिला होस् या पुरुष ।
दर्ता भएका २१ उजुरीमध्ये १५ काे मिलापत्र गरेर घर पठाएकाे ४ उजुरी मिलाप हुन नसकेर जिल्ला अदालत गएकाे र २ वटा निवेदन दिएर सम्पर्कमा नआएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मण बहादुर शाहीले बताए ।
पुरुषहरुले आफ्नो श्रीमती माईत गएपछि नफर्केको, लिन जाँदा झैझडा गरेको,खान लाउन नदिएको, कुटपिट गर्दै दुर्व्यवहार गरेको र घरमा काम नगरेर दुःख दिएको , वैदेशिक रोजगार गएको बेला पठाएको पैसा हिनामिना गरको भन्ने उजुरी पर्ने गरेका छन।
त्यस्तै घरमा नबस्ने, घर व्यवहार नगर्ने, यातना दिने, विलासी रहनसहन, मंहगो लत्ताकपडा र गरगहना मागेर निउ खोजेर दुःख दिने गरेकोले उजुरी बढेकाे महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र सुर्खेतकि प्रहरी निरक्षिक झरना साेनारले बताइन्।
निरीक्षक प्रमुख साेनारले भनिन् , ‘ केही पुरुष वास्तविक रूपमा पीडित भेटिएका छन् , त्यसपछि कसरी समाधान गर्ने भनेर निक्यौल निकाल्छौं र समय परिस्थिति अवस्था फेरिँदै जाँदा नयाँ समस्या आएको भन्दै दुबै पक्षलाई मिलाएर सम्झाई बुझाई घरतिर पठाउने गरिएको छ भने नमिल्ने अवस्थामा अदालत गएका छन ।’
कार्यविधि संवाददाता । ५ भाद्र २०८०, मंगलवार २१:४९ बजे