मेयर : आजदेखि कार्यालयबाट राष्ट्रपति र प्रधानमन्त्री फोटो हटाउने

एक उपमहानगरपालिकाका मेयरले कार्यालयबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत  राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डको फोटो हटाएर आजलदेखि प्रथम किराँती राजा यलम्बरको फोटो राख्ने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बताएका हुन् ।

जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु । उपमहानगरपालिकालाई केन्द्र सरकारले महत्व नदिएको  साम्पाङले बताउँदै आएका छन् ।