झापाको सुनकोशी चिया बगानमा काम गर्ने तीन जना नाबालिग एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन्।
झापाको कचनकवल गाउँपालिका–५ स्थित १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेश मृत भेटिएकाे झापा प्रहरीले बताएकाे छ ।
शनिबार बिहान ११ बजेदेखि नै उनीहरू बेपत्ता थिए। रातिसम्म पनि उनीहरू नफर्केपछि प्रहरीलाई खबर गरिएको थियो।
आइतबार भने बिहान बगानमा काम गर्न पुगेका मजदूरले देखेपछि घटना सार्वजनिक भएको हो। उनीहरू बयरको बोटमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका छन्।
अहिले तीन जनाकै शवलाई पोष्टमार्टमका लागि पठाइएको छ।झापा प्रहरीले घटना आत्महत्या नै भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
कार्यविधि संवाददाता । ८ श्रावण २०७९, आईतवार १६:१६ बजे