केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् ।

आज बसेको मन्त्रीपरिषदको बैठकले अभिनेता केसीलाई आउँदो दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पुर्णता दिइएको हो ।

गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । केसी केही  समय अगाडि मात्र नेकपा एमालेबाट नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।

अन्तत: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीलाई नियुक्त गरेको छ ।

यसको घोषणा भने भोलि गर्ने तयारी भइरहेको छ । भुवनसँगै बोर्ड अध्यक्ष बन्ने दौडमा सम्झना उप्रेती रौनियार, नरेश पौडेल रहेका थिए ।