निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय

गत २२ असोजदेखि देशभर लागू भएको निर्वाचन आचार संहिता आजदेखि  निष्क्रिय  छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ बमोजिम आयोगले आजदेखि आचारसंहिता हटेको हो ।

आयोगले आजदेखि निर्वाचन आचारसंहिता निष्क्रिय भएको जनाएको छ । आयोगले गएको असोज २२ गतेदेखि लागु गरिएको आचारसंहित आजदेखि निष्क्रिय भएको जानकारी दिएको हो ।

समानुपातिकसहित निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि आयोगले आचारसंसहिता निष्क्रिय हुने भएको जनाएको छ ।