नेप्से २३ अङ्कले वृद्धि , शेयर बजारमा सामान्य सुधार

हिजो झण्डै ४५ अंकले घटेको शेयरबजार आज भने सामान्य बढेको देखिएकाे  छ ।

शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८३ अंकले बढेर २ हजार १ सय ११ दशमलव ९९ विन्दुमा पुगेको छ ।

ब्यापार बाहेकका सबै उपसमूहहरु बढेका छन् । सो उपसमूहको सूचक १२ अंक घट्यो । बैंकिङ ०.९, विकास बैंक ५६, फाइनान्स ७५, होटल तथा पर्यटन २३, जलविद्युत् ७२, जीवन बीमा ३४, उत्पादन १९, माइक्रोफाइनान्स १०७, निर्जीवन बीमा ४३ र अन्य उपसमूह ३८ अंक बढे ।

जानाकी फाइनान्स, युनाइटेड मोदी र राष्ट्रउत्थान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै नेस्डो र जल्पा लघुवित्तको मूल्य करिब १० प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अरुण काबेली, गोर्खाज फाइनान्स, नेस्डो लघुवित्त र युनिभर्सल पावर क्रमश: अगाडि रहेका छन्  ।