भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ मेला हुने

काठमाडौंको भृकुटीमण्डपमा भदौ २३ देखि २७ गतेसम्म फर्निचर तथा फर्निसिङ मेला सञ्चालन हुनेभएको छ ।

फर्निचर तथा फर्निसिङ सङ्घले आयोजना गर्न लागेको सो मेलामा भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका फर्निचर उत्पादक कम्पनीको सहभागिता रहनेछ ।

जेन्सा कार्पेट, हलेसी डेकोर, भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले प्रदर्शनीको आयोजना गरेका हुन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री सहित  मेलामा  १ सय २५ स्टल रहने  सङ्घका अध्यक्ष शुभेन्द्र जोशीले जानकारी दिए ।

नेपालमा रु ६० अर्ब बराबरको फर्निचरजन्य सामग्रीको वार्षिक कारोबार हुने गरेकामा त्यस्को झन्डै ५० प्रतिशत हिस्सा आयातित फर्निचर रहेको छ । प्रदर्शनीको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ । प्रदर्शनी अवलोकनका लागि रु १०० शुल्क निर्धारण गरिएको  सङ्घका अध्यक्ष जोशीले बताए ।

 

मेला प्रदर्शनीलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घले प्रर्वद्बन गरेका छन्  ।  नेपाल हस्तकला महासङ्घ, आइडिया नेपाल र स्पेस म्यागेजिनको समेत पनि सहयोग रहेको छ ।