राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
आइतबार काठमाडौंमा बसेको पार्टीको विस्तारित बैठकमा बोल्दै लिङ्देनले सो कुरा बताएका हुन।
उनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नयाँ प्रतिनिधिले सपथ नलिएसम्म अहिलेको संसदको आयु बढाउन खोजिएको भन्दै अब सांसद पदबाट राजीनामा दिएका हु्न्।
संसदको चुनाव घोषणा भइसकेपछि संसद भंग हुनुपर्ने र सरकार काम चलाउन हुने मान्यता राप्रपाको रहेको भन्दै संसदको आयु लम्बाउने काममा राप्रपाको समर्थन नहुने उनले बताए।
त्यस्तै लिङ्देनले लामो समय ठूला भनिएका राजनीतिक दलले मुलुकलाई बन्धक बनाएकाले अबको निर्वाचनमा जनताले नयाँ विकल्पका लागि राप्रपालाई रोज्ने दावी गरेका छन् ।
उनले नेपालको राजनीतिक भविष्यका लागि समेत अबको निर्वाचन निकै महत्वपूर्ण रहेको धारणा राखेका छन्।
आगामी निर्वाचनमा समानुपातिकतर्फ राप्रपाले अधिक मत ल्याउने भन्दै प्रत्यक्षमा धेरैभन्दा धेरै सिट जित्ने गरी तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
कार्यविधि संवाददाता । १९ भाद्र २०७९, आईतवार १५:३४ बजे