फ्लाइदुबईको एउटा जहाज सोमबार काठमाडौँबाट उडेको केही समयमा प्राविधिक खराबी आयो। केही समयमा नै जहाजले समस्या समाधान भएको जनाउ दिँदै गन्तव्यतर्फ लाग्यो। जहाज सकुशल थियो तर पत्रकारिता भने दुर्घटनामा पर्यो। मनगढन्ते समाचारको बाढी आयो। हेरौँ केही उदाहरण
जहाज काठमाडौँबाट आफ्नो गन्तव्य दुबईतर्फ नै गएको थियो। तर शिलापत्रले फेसबुकमा लाइभ गर्दै लेख्यो- फ्लाइ दुबईको विमान दिल्लीमा सफल अवतरण भएको छ (लाइभ)
जहाज दिल्लीमा अवतरण भएन, दिल्लीको आकाश हुँदै दुबईतिर लाग्यो। तर यस्तो समाचार राख्ने पत्रकारिता दुर्घटनामा पर्यो। कहाँबाट हचुवा जानकारी पाएर फेसबुकमा लाइभ गरेछन् ? अचम्म।
उडिरहेको प्लेन रोकेर निरीक्षण गरेको रे
अर्को अनौठो समाचार सेतोपाटीमा पढ्न पाइयो। समाचार अनुसार फ्लाइदुबईको त्यो उडिरहेको जहाज केही बेर रोकिएछ। रोकेर पाइलटले जहाजको निरीक्षण गरेछ। अनि सबै नर्मल छ भनेपछि उडेछ।
हे राम ! उडिरहेको प्लेनै केही बेर रोकिदिएको ! अनि चियासिया पनि खाए कि, त्यो पनि खुलाए हुने।
सेतोपाटीको समाचार अर्काइभ लिङ्क यता क्लिक गरी पढ्नुस्।
बीचैमा फर्काएर काठमाडौँमा ल्यान्ड गराउन पनि भ्याए
जहाज दुबईतिर उडिरहँदा नेपालका मिडियाले भने आगलागी भएकोमात्र लेखेनन्, इन्जिन पड्केको पनि ठोकुवा गरी भ्याए। अनि बीचैबाट फर्काएर काठमाडौँमा ल्यान्डसमेत गराउन भ्याए।
हुँदै नभएको समाचार पनि पढ्नु पर्ने बाध्यता आइलाग्छ। हेर्नुस् जनआस्थाको समाचार-
याे समाचार आजकाे माइसंसारमा ।
कार्यविधि संवाददाता । १२ बैशाख २०८०, मंगलवार ०७:११ बजे