झापाको कचनकवल गाउँपालिकामा सिदुरपोते लगाई एउटै पासोमा युवायुवतीले झुन्डिएर आत्महत्या गरेका छन् ।
गाउँपालिका वडा नं ४ केचनाको एभरेष्ट चिया बगानमा सिरिसको रुखमा पासो लगाई स्थानीय २५ वर्षिय राजेशकुमार गणेश र १८ वर्षिया पवित्रा राजवंशीले आत्महत्या गरेकाे प्रहरीले बताएका छन् ।
माछा मार्ने नाइनलको जालको डोरी बनाई पासो लगाएकाे गाउँपालिकाले बताएकाे छ ।
गत वर्ष उनीहरुले भागी विवाह गरेका थिए । तर युवतीका अभिभावकले छोरी नाबालिका भएको भन्दै आफ्नो घर फर्काएको एक स्थानियले बताए । दुवैजनाले झुन्डिएर आत्महत्या गरेपछि केटा र केटी पक्षबीच विवाद चलेको बताइएको छ ।
कार्यविधि संवाददाता । १० माघ २०७९, मंगलवार ११:०८ बजे