छतबाट खसेर २ बालबालिकाकाे मृत्यु

काठमाण्डाैकाे बुद्धनगरमा रहेकाे एक घरमा ६ तलाकाे छत बाट खसेर दुई बालबालिकाकाे मृत्यु  भएकाे  छ ।

छतबाट खस्दा एक बालक र एक बालिकाकाे ज्यान गएकाे प्रहरी वृत्त  काठमाण्डाै बानेश्वरले जनाएकाे छ ।

छतबाट खसेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएकाेमा उपचारका क्रममा ज्यान गएकाे हाे ।

घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएकाे छ ।