६७ औं प्रहरी दिवस २०७९ को उपलक्ष्यमा कर्णाली प्रदेशको प्रहरी कार्यालयले गरेको मूल्यांकनकाे आधारमा इलाका प्रहरी कार्यालय थारमारे सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) कनक शाही उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा शाहीलाई यस वर्षकाे सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।
गत साउन महिनामा दुई जना भारतीय नागरिकले सुन तौल र मुल्यमा कैफियत गरी ठगी गरेको मुद्वामा २ जना प्रतिवादी प्रकाउ गरी कारवाही गरेको, सल्यानको दार्मा ३ मा ३ जनाव्यक्तिहरुलाई तेजाव एसिड पराहर गरी फरार भएका अभियुक्त पक्राउ गरी सफल अनुसन्धान गरेको ।
सल्यान बागचौर-२मा जुवा खेलिरहेको अवस्थामा १० जना व्यक्तिहरु पक्राउ गरी जुवा नियन्त्रण मुद्वामा कारवाही गरेको जि.प्र.का.सुर्खेतको अनुसन्धान शाखामा १ बर्ष कार्यरत अवधिमा विवाद रहित तरिकाले अनुसन्धान अधिकृतको रुपमा कार्यगरी अपराध अनुसन्धानमा उल्लेखेनिय योगदान गरेकाले उनलाई सर्वोत्कृष्ट घोषणा गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव प्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।
त्यस्तै, उत्कृष्ट व्यवस्थापन कार्यगर्ने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक भुवनेश्चर प्रसाद शाह, प्रहरी कार्य विपद व्यवस्थापनमा प्र.स.नि.प्रहरी चौकी हाँकु जुम्लाका गोबिन्द बहादुर के.सी. , जोखिम पुर्ण कार्य गर्ने जिल्ला प्रहरी कार्यालय कालिकोटका प्र.स.नि.कालि राम थारु , महिलातथा बालबालिका सेवा केन्द्र प्र.ब.ह शिव राज शर्मा , सशस्त्र प्रहरी सेनामुख जाजरकोट प्र.ब.ह उत्कृष्ट ट्राफिक व्यवस्थापक टिकारा सिग्देल, प्रहरी कार्य विपद व्यवस्थापन प्रहरी चौकी चैनागाँउ मुगुका प्र.ब.ह. भोपाल बोहरा , उत्कृष्ट अनुसन्धान कर्ता प्रहरी चौकी माझगाँउ डोल्पा का प्र.ज. हिमाल शाही , उत्कृष्ट कार्य गर्ने नगर प्रहरी कार्यालय सुर्खेतका प्र.का. स. डम्बर राज गिरी सहित नाै जना प्रहरी पुरस्कृत भएकाे प्रवक्ता एसएसपी श्रेष्ठले बताएका छन् ।
प्रहरी नियमावली २०७१ को परिच्छेद १५ को नियम १९७ देहाय (ख) बमोजिम नगद पुरस्कारद्धारा पुरस्कृत गरिदिन ९ (नाै ) जना प्रहरी कर्मचारीलाई पनि पुरस्कार दिइएको छ ।
कार्यविधि संवाददाता । ३१ आश्विन २०७९, सोमबार २०:५२ बजे