सीता दाहाल अस्पतालमा भर्ना

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनलाई मेडिसिटी हस्पिटलको आइसीयूमा राखिएको माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।

वुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई बोल्दै सीतालाई आकस्मिक रुपमा अस्पताल लान परेकाले अध्यक्ष प्रचण्ड कार्यक्रममा आउन नसकेको बताए ।

उनले भने, ‘आज अध्यक्ष कमरेड तपाईंहरू समक्ष उपस्थित हुन सक्नुभएन । हाम्रो पार्टीको केन्द्रीय सल्लाहकार कमरेड सीता दाहाल अहिले यहाँ आउनुभन्दा केही अगाडि हस्पिटल लैजानुपर्ने आपतकालीन अवस्थाका भयो ।

उहाँ अहिले मेडिसिटी हस्पिटलको आइसीयूमा हुनुहुन्छ ।’ प्रचण्ड पत्नि दाहाल पछिल्लो केही वर्षयतादेखि अस्वस्थ छिन् ।