भारतमा आगलागी हुँदा , ३० जना घाइते

पूर्वी राज्य बिहारको एक आवासीय भवनमा शनिबार आगलागी हुँदा कम्तीमा ३० जना घाइते भएका छन्।

बिहारको राजधानी पटनाबाट करिब ९४ किलोमिटर दक्षिणमा पर्ने औरंगाबाद जिल्लाको शाहगञ्ज इलाकामा आगलागी भएको हो।

विद्युत चुहावट भई सुरु भएको र पछि त्यहाँ रहेको ग्यास सिलिण्डर विस्फोट भएको भारतीय अधिकारीहरूले बताएका छन् ।

भारतिय संचार माध्यमका अनुशार आगलागी पछि प्रहरी र दमकल विभागका अधिकारीहरू उद्धारका लागि घटनास्थलमा पुगेका छन्। आगो निभाउने क्रममा सात जना प्रहरी र केही स्थानीयवासी समेत घाइते भएकाे छन् ।