कर्णाली पुलमा ट्रक सहित पुलमा आगलागी : वैकल्पिक मार्ग प्रयाेग गर्न आग्रह

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा लाइटर बोकेको ट्रकमा आगलागि भएको छ ।
पुलमा गुडिरहेको ट्रकमा भएको आगलागीबाट पुलकाे लहरामा समेत सल्किएको हो  ।
वीरगञ्जबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा सोमबार अपरान्ह एक्कासी आगलागी भएको थियो ।
ट्रकमा रहेका चालक र सहचालकको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बर्दिया जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रविण  धितालका अनुसार लाइटर बोकेको ट्रकमा आगलागी भएको हो ।
प्रहरी, नेपाली सेना, ठाकुरबाबा नगरपालिका नगर प्रहरी र स्थानीय बासिन्दाहरु तथा कैलालीबाट ३ वटा दमकल र बर्दियाको मधुवन नगरपालिकाबाट १ वटा दमकलद्वारा पानि र बालुवा हालेर आगलागी नियन्त्रण  भएकाे  हाे ।
वैकल्पिक मार्गबाट सवारी आवागमनको लागि कैलालीको लम्कीदेखि दक्षिणी टिकापुर(सत्तिपुल हुँदै बर्दियाको राजापुरबाट गुलरिया भएर पूर्व(पश्चिम राजमार्गमा निस्कन सकिने वा हुलाकी राजमार्ग प्रयोग गर्न सकिने बताए ।