निर्वाचन आयाेगले मतगणना स्थलमा यसपाली सीसी क्यामेरा राख्ने बताएकाे छ । आज बुधवार पत्रकार सम्मेलनमा बाेल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतगणना स्थलमा सीसी क्यामेरा राख्ने बताउनुभएको हाे ।
प्रमुख आयुक्त थपलियाले विगतका चुनावमा मतपत्र चपाउनेजस्ता घटना भएपछि मतपत्र सुरक्षाका लागि भन्दै मतगणना स्थलमा तारजाली लगाइँदै आएकाे जानकारी दिनुभयाे ।
यस्तै राजनीतिक दल र उम्मेदवारहरूले भोलि बिहीवारदेखी जुलुस, आमसभा र कोणसभा गर्न पाउनेछन् । आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलिदेखि मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो । प्रचारप्रसारको यो अवस्थामा चुनावको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारहरूलाई उहाँकाे आग्रह छ ।
कार्यविधि संवाददाता । १६ कार्तिक २०७९, बुधबार १७:३६ बजे