शनिबार राति गएको भूकम्पले बझाङमा एक घर भत्किनुका साथै १५० घरमा क्षति

शनिबार राति गएको भूकम्पका कारण बझाङमा एउटा घर भत्किनुका साथै अन्य करिब १५०  घरमा क्षति भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार राति २ बजेर १२ मिनेट जाँदा बझाङको खप्तडछान्ना गाउँपालिका– ६ पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर ५.४ रेक्टरस्केलको भूकम्प गएकाे थियाे ।  पाटादेवल गाउँमा एक  घर भत्केको र  गाउँपालिकाका धेरै  घरहरु चर्केको स्थानिय बाट  विवरण प्राप्त भएको जिल्ला प्रशासन  कार्यालय बझाङले जानकारी दिएको छ।

फेरि भूकम्प आउने डरले स्थानीयहरु रातभरी घर बाहिरै आगो तापेर बसेका छन्। गाउँपालिकाभरीमा  करिब १५०  घर भूकम्पका कारण चर्किएको बुझिएकाे छ ।

केही घर भत्किएको भन्ने विवरण स्थानियबाट प्राप्त भएकाले प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन भएको र थप एकिन विवरण घटनास्थलमा पुगे पछी प्राप्त हुने बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको भनाइ छ।