सुर्खेतमा अघिल्लाे आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा झन्डै आधा घरजग्गाको कारोबार भएको छ।
आव २०७८/७९ को तुलनामा २०७९/८० मा घरजग्गा कारोबार ४० प्रतिशतले घटेको छ।
२०७८/७९ मा कुल ७ हजार ४२ संख्यामा घरजग्गा किनबेच भएको थियो। २०७९/८० मा भने ४ हजार ९३ संख्यामा मात्र घरजग्गा किनबेच भएको जिल्ला मालपाेत कार्यालय सुर्खेतले जनाएको छ।
घरजग्गा कारोबार कम भएसँगै सरकारले पाउने राजस्वमा पनि गिरावट आएकाे छ । राजस्व २०७९/८० मा ३० प्रतिशतले घटेको छ।
२०७८/७९ मा सुर्खेतमा घरजग्गा किनबेच बापत सरकारलाई ३१ कराेड ७५ लाख ५३ हजार ४ सय छयासी भएको थियो। आर्थिक वर्ष २०७९/८० मा २२ कराेड ४५ लाख ७८ हजार ८ सय अठचालिस रूपैयाँ मात्र आम्दानी भएको कार्यालयका सूचना अधिकारी गगनसिहं साेमैले जानकारी दिए ।
जिल्ला मालपाेत कार्यालय सुर्खेतका प्रमुख नारायण थापाले अघाेषित आर्थिक मन्दीले देशभरकाे समग्र अर्थतन्त्रमा प्रभाव परेको बताए।
‘९ कराेड भन्दा बढी नै राजस्व संकलन घटेको छ,’ कार्यालय प्रमुख थापाले भने, ‘ घरजग्गा काराेबार गर्दा १ सय ३० वर्ग मिटर भन्दा कम कित्ता काट गर्न नपाउनुकाे पनि असर हाे ।’ भन्ने उनकाे भनाई छ ।
कार्यविधि संवाददाता । ३ श्रावण २०८०, बुधबार १२:४४ बजे