चितवनमा चुनावी प्रचारमा प्रयोग गर्ने नेकपा माओवादी केन्द्रका उम्मेदवारको गाडीमा आगजनी भएको छ । चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) का उम्मेदवार ठाकुर प्रसाद ढकालले चुनावी प्रचारमा प्रयोग गर्ने गाडीमा आगजनी भएको चितवन प्रहरीले जनाएकाे छ ।
आगो लागेको थाहा पाएलगत्तै घरमै जोडिएको पानी तान्ने मोटरबाट आगो निभाइएको र आगजनीबाट गाडीमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रभु ढकालले बताए ।
ढकाल लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)बाट चितवन ३(ख) का प्रदेशसभा उम्मेदवार हुन् । मास्क लगाई मोटरसाइकल चढेर आएका २ जना अपरिचित युवकहरुले गाडीमा पेट्रोल छर्केर आगो लगाई भागेका ढकालले बताएका छन् ।
कार्यविधि संवाददाता । १ मंसिर २०७९, बिहीबार ०९:२१ बजे