२लाख ५० हजार घुससहित नापी कार्यालयका ३ जना पक्राउ

२ लाख ५० हजार घुससहित नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक सहित तीन जना पक्राउ परेका छन् ।

नापी सर्वेक्षक  रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे  कार्यालयले जनाएको छ ।

अख्तियारले तीनैजनालाई मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ गरेकाे हाे  ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।