कम्युनिस्टका दुई शक्तिशाली ‘महासचिव’ पराजित

यो पटकको निर्वाचनमा नेपालका ठुला दुई कम्युनिस्ट पार्टीका महासचिवद्धय पराजित भएका छन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ प्रतिनिधिसभा सदस्य पदमा पराजित भएका हुन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी भएकी छिन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी नेता रेखा शर्मा २ सयभन्दा कम मतान्तरले विजयी भएकी हुन् । मतपरिणामको औपचारिक घोषणा भने हुन बाँकी छ । शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार १ सय ८९ मत प्राप्त गरे । दुई नेताबीचको अन्तर १९६ मत रहेको छ ।  दाङ–२ बाट हार्ने एमालेका पोखरेल पूर्वमुख्यमन्त्री हुन् ।

त्यस्तै लमजुङमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माओवादी महासचिव देव गुरुङलाई पराजित गरेका थिए ।

लमजुङमा माओवादीका महासचिव गुरुङलाई हराउने एमालेको पूर्वमुख्यमन्त्री हुन् ।  सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतले पराजित गर्दै एमाले उपमहासचिव गुरुङ निर्वाचित भएका हुन् । पृथ्वीले ३४ हजार नौ सय ६९ मत पाउँदा प्रतिद्वन्द्वी देवले ३१ हजार ७ सय ८१ मत पाएका छन् ।