बाजुरामा स्थगित भएको पीपलचोक मतदान केन्द्रमा आज पुनः मतदान गरिँदै

गत मङ्सिर ४ गते स्थगित गरिएको  बूढीनन्दा–५  मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा  आज  शनिबार पुनः मतदान गरिँदै छ ।

उक्त केन्द्रमा  पुनः मतदानको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

साेही जिल्लाकाे  अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै मतदाताकाे  उजुरी परेको छ। विवादित बनेको त्रिवेणी, बूढीगङ्गालगायतका पालिकाको २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको हाे ।

निर्वाचन आयोगले  घटनाको वस्तुस्थिति बुझ्न  सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली बाजुरा पठाएको छ।

टोलीले बुझाउने प्रतिवेदनका आधारमा आयोगले निर्णय लिने बताइएको छ। त्रिवेणी नगरपालिकामा मतदानको क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक र दोहोरो भीडन्तमा एक गरी दुई जनाको मृत्यु भएको थियो। जसले मतदान स्थगित हुन् पुगेकाे थियाे ।

उक्त घटनाकाे वास्तविकता बारे   राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गर्दैछ।