दादुराका बिरामी बढ्न थालेपछि नेपालगन्जका शैक्षिक संस्था दुई दिन बन्द

पछिल्लो २४ घण्टामा  बाँकेको नेपालगन्जमा दादुराको  बिरामी बढ्न थालेपछि  शैक्षिक संस्थाहरुमा दुई दिन  सार्वजनिक बिदा दिइएको छ ।

दुई सातायता  नेपालगञ्ज उपमहानगरपालिकामा  ११५ जना बालबालिकामा दादुरा तथा रुबेला रोगको  संक्रमण देखिएको  स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

पुस २८ र २९ गते उपमहानगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा धार्मिक विद्यालयहरुमा दादुरा तथा रुबेला रोगको महामारी फैलनसक्ने सम्भावना देखिएको भन्दै दुई दिनका लागि सार्वजनिक विदा  पूर्व निर्धारित परीक्षालाई असर नपर्ने गरी सूचना प्रकाशित गरिएको उपप्रमुख कमरुद्दिन राईले जानकारी  बताए । संक्रमण  कारण ३१ महिने बच्चाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुशार  नेपालगञ्जका ११३ र खजुराका २ जनागरी ११५ जनामा दादुरा पुष्टि भएको  छ ।

दादुरा भएकामध्ये दुई जनाको अस्पतालमा उपचार भैरहेको छ भने ५८ जनालाई होमआइसोलेसनमा राखिएको छ ।अस्पताल र होम आइसोलेसनमा राखिएका सहित ६२ जना उपचारमा  रहेको छन् ।  जिल्लामा ७ हजार मात्रा दादुरा-रुबेला खोप भण्डार रहेको छ ।

दादुराका बिरामी बढ्न थालेपछि  नेपालगञ्ज उपमहानगरपालिकाका १, ४, ५, ८, ११, १४ र १५ नम्बर वडामा दुई दुईवटा खोप केन्द्र सञ्चालन गरिएको छ भने ७ मा एउटा खोप केन्द्र सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।

संक्रमण स्थानमा  खोप अभियान सञ्चालन गरिएको छ ।गत  पुस २२ गतेदेखि २७ गतेसम्म ७ हजार १६३ जनाले खोप लिएका छन्।  जिल्लामा ७ हजार मात्रा दादुरा-रुबेला खोप भण्डार रहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका १, ४, ५, ८, ११, १४ र १५ नम्बर वडामा दुई दुईवटा खोप केन्द्र सञ्चालन गरिएको छ भने ७ मा एउटा खोप केन्द्र सञ्चालन गरिएको  छ । आज मात्र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट ३० हजार मात्रा दादुरा रुबेला खोप आइपुग्ने स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ