सुखी जीवन बाँच्नका लागि पतिपत्नीले गर्नैपर्ने काम

एजेन्सी । चाणक्य अर्थात् कौटिल्य भारतीय इतिहासका एक महान् दार्शनिक, सल्लाहकार र शिक्षक हुन् । आचार्य चाणक्यको नीतिशास्त्र अनुसार पति र पत्नी एकअर्काका परिपूरक हुन् । यदी तिनीहरुमध्ये एक पनि डगमगाउँछ भने परिवार विघटन हुन्छ । घरमा झगडा शुरु हुन्छ ।

आचार्य चाणक्यका अनुसार पतिपत्नीको सुमधुर सम्बन्धमा परिवारको सुखशान्ति निर्भर हुन्छ । भनिन्छ, जुन घरमा श्रीमान-श्रीमतीको आपसी समन्वय हुँदैन, त्यहाँ लक्ष्मीको स्थान हुँदैन ।

आचार्य चाणक्यका अनुसार श्रीमान् श्रीमती एक अर्काको साथी बन्नु पर्छ । जहाँ माया सँगै सम्मान हुन्छ त्यहाँ सम्बन्ध सुन्दर हुन्छ । त्यसैले सधैं एकअर्कालाई सम्मान गर्नुहोस् । एकअर्काको आवश्यकता बुझ्नुहोस् । यस्तो भयो भने श्रीमान् श्रीमतीको सम्बन्ध बलियो हुन्छ ।

श्रीमान् र श्रीमती एउटै रथका दुई पांग्रा हुन् । कुनै पनि काम पूरा गर्ने हो भने दुवै प्रतिष्पर्धीको रुपमा होइन, टिमको रुपमा काम गर्नुपर्छ । कुनै पनि कुरामा एकअर्कालाई घमण्ड गर्नु हुँदैन ।

यदी कोही व्यक्ति सफल दाम्पत्य जीवन चाहन्छ भने श्रीमान् श्रीमती दुवैले यसका लागि धैर्य गर्नुपर्छ । जीवनमा जस्तोसुकै परिस्थिति आए पनि दुवैले एक अर्कालाई धैर्य धारण गरेर मात्र अगाडि बढ्न सकिन्छ ।

अप्ठ्यारोमा पनि संयम नगुमाउने श्रीमान् श्रीमती मात्र जीवनमा अगाडि बढ्न सक्षम हुन्छन् । श्रीमान् वा श्रीमतीबीच हुने कुरालाई आफूसँग राख्नेहरु सधैं खुशी हुन्छन् । दुवैले आफ्नो व्यक्तिगत कुरा तेस्रो व्यक्तिमा नपुगेकोमा ध्यान दिनु पर्छ, अन्यथा सम्बन्धमा दरार आउन सक्छ ।