देशभर ३,१०६ संक्रमित थपिए, २३ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा देशभर तीन हजार एक सय ६ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार दुई सय ८० र एन्टिजेन परीक्षणमा आठ सय २८ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा नौ हजार दुई सय ६३ पिसिआर परीक्षण र चार हजार, दुई सय ५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा एक हजार नौ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म ६ लाख ६४ हजार एक सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

शनिबार २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नौ हजार आठ सय ५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।