सुर्खेतमा शाहीकाे शव घाँटी रेटिएको अवस्थामा फेला

सुर्खेतकाे बुदबुदीमा घाँटी  रेटिएको अवस्थामा शाहीकाे शव फेला परेकाे  छ।    वीरेन्द्रनगर नगरपालिकाकाे   वडा नम्बर  १०   घर भएका  ४२  वर्षिय ध्रुर्व शाहीकाे आफ्नै घर नजिकै  गए मंगलबार  दिउँसाे शव फेला परेकाे जिल्ला प्रहरी सुर्खेतले जनाएको छ।

मंगलबार अपराह्न ४ः३० बजेतिर ती शाहीकाे  शव भेटिएको हो।

घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीले घाटीमा गहिरो चोट लागेको अवस्थामा शाहीकाे   शव फेला परेको जानकारी दिए । उनका अनुसार घटनाकाे थप  अनुसन्धानमा प्रहरी लागिरहेको उनले बताए ।